झापामा मानव जंगली हात्तीको द्धन्द्ध बढेर गएको छ । जंगली हात्तीको आक्रमणमा परि घरमै सुतिरहेका झापा शिवसताक्षी नगरपालिका ११ श्रृजना टोलका ४६ बर्षिय मेघराज राईको आज राती ज्यान गएको छ ।
घरमै सुतिरहेको वेला बिहिवार राती १ बजेको समयमा राईको घरको टाटी भत्काएर हात्तीले अन्न लिएर जानेक्रममा राईलाई समेत आक्रमण गरि घटनास्थलमै हात्तीको आक्रमणमा परि मृत्यु भएको प्रहरीले जनाएको छ । हात्तीले धमाधम घर भत्काउन थालेपछि परिवारका अन्य सदस्यको उद्धार गर्नेक्रममा घरमुलि राईको हात्तीसग जम्काभेट हुँदा हात्तीले कुल्चिएर राईको मृत्यु भएको हो । हात्तीेले राईको घरमा भएको अन्न खानुको साथै राईको घरको समेत बेरा भत्काइदिएको छ । हात्तीको आक्रमणमा परि मृत्यु भएका राईको हाल शवलाई पोस्ट माटमका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
राप्रपा कोशी प्रदेश अध्यक्षमा राम थापा निर्वाचित
October 7, 2026
भद्रपुरमा चौथो सन्थाल नकआउट फुटबल सुरु, पहिलो खेलमा मोरङ बिजयी
October 4, 2026
हल्दीबारीमा जीतिया विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न
September 28, 2026