हल्दिबारी १ का मृगौला पीडित मोहन कटुवाललाई साउदी अरबबाट आर्थिक सहयोग

1,340 views

झापा। हल्दिबारी गाउँपालिका वडा नं १ का मृगौला पीडित बिरामी मोहन कटुवाललाई उपचार सहयोगार्थ साउदी अरब मा कार्यरत समाजसेवीहरू बाट संकलन भएको ९१ हजार रुपैयाँ आज परिवारजनलाई हस्तान्तरण गरिएको छ।
साउदी अरबमा रहेका पदम जि. सी र किरण कटुवाल को पहलमा साउदीको अलरिध कम्पनीमा रहेका ३७ जना नेपालीहरू मिलेर ‌सहयोग रकम पठाएको किरण कटुवाल कि श्रीमती देवीमाया कटुवाल ले जानकारी दिइन्।

हल्दिबारी गाउँपालिका का अध्यक्ष रविन्द्र प्रसाद लिङदेन,वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा, वडा सदस्यहरू शान्ता शिवाकोटी, प्रकाश कार्की, समाजसेवी निराजन दाहाल र ईन्द्र कार्की लगायत को उपस्थिति मा रकम हस्तान्तरण गरिएको थियो। गाउँपालीका अध्यक्ष लिङदेनले विदेशी भुमिमा श्रम गरेर सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search