गोलधाप खानेपानी उपभोक्ता समितिको साधारणसभा,माघ २७ भित्र निर्वाचन

1,678 views

झापा।खानेपानी तथा सरसफाई उपभोक्ता समिति हल्दिबारी-१, गोलधापको २२ औँ साधारणसभा तथा तेस्रो अधिवेशन आज सम्पन्न भएको छ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्रप्रसाद खनालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि निवर्तमान उपप्रधानमन्त्री माननीय राजेन्द्र लिङदेन रहेका थिए।यसैगरी प्रदेश सांसद छविलाल चुडालको विशेष आतिथ्यता रहेको कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली,१ नं वडाका वडाध्यक्ष देवीबहादुर थापा सहित जनप्रतिनिधिहरू, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको को आतिथ्यता रहेको थियो।
आजको साधारण सभामा संस्थाका सचिव हर्क प्रसाद लिङदेन ले प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाको विधान संशोधन प्रस्ताव पारित गरिएको थियो।


आजको भेलाले माघ २७ गते निर्वाचन सम्पन्न गर्ने गरि हरिप्रसाद संग्रौलाको संयोजकत्वमा झमक तिम्सिना र राम गुरूङ रहेको ३ सदस्यीय निर्वाचन समिती पनि गठन गरेको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले हल्दिबारी गाउँपालिका ले १० हजार लिटर सम्म खानेपानी निशुल्क गरेर उदाहरणिय कार्य गरेको र अरूले पनि त्यसको अनुशरण गर्न सके जनताले केही राहत महशुस गर्ने धारणा राखेका थिए।
कार्यक्रमको संचालन सहसचिव गिता राईले गरेकी थिइन्।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search