झापा।हल्दिबारी गाउँसभा को १६ औ अधिवेशन आज शुभारम्भ भएको छ। हल्दिबारी गाउँसभा का सभा अध्यक्ष रविन्द्र प्रसाद लिङदेन को अध्यक्षतामा भएको सभामा वडा नं २ का वडाध्यक्ष शुकलाल राजवंशी, कार्यपालिका सदस्य शान्ता शिवाकोटी ३ नं वडा अध्यक्ष विष्णुप्रसाद ओलीले शुभकामना मन्तव्य राखेका थिए।
आजको सभामा विनियोजन ऐन संसोधन गर्न वनेको विधयेक सर्वसम्मतले पारित भएको छ भने केही विधेयककहरु छलफलका लागि पेश गरिएको छ।
त्यसैगरि विषयगत समितिका संयोजकहरूले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गरेका थिए।
सभाध्यक्ष लिङदेनले अर्को बैठक माघ १९ गतेलाई बस्ने गरि स्थगन गरेका छन्।