झापा।जनजागृति माद्यमिक विद्यालय हल्दिबारी १ को ५६ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू गरि मनाएइको छ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सरोज राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन रहेका थिए भने विशेष अतिथि उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र,१ नं वडा अध्यक्ष देवीबहादुर थापा रहेका थिए।
वडा सदस्यहरू शान्ता शिवाकोटी, प्रकाश कार्की,रूपा रसाईली, कुलबहादुर राई, हल्दिबारी शिक्षा शाखा प्रमुख जनककुमारी राई, हल्दिबारी मा वि का प्र अ टंकबहादुर पाख्रिन लगायत विभिन्न विद्यालयका प्रअ, भिन्न भिन्न राजनितिक दलका प्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधिहरू, पूर्व व्यवस्थापन समितीका अध्यक्षहरू लगायत को आतिथ्यता रहेको थियो।
कार्यक्रममा विद्यालयका शिक्षक,अविभावक तथा विधार्थीहरुलाई सम्मान गरिएको थियो।सम्मानित शिक्षकहरूमा राम बा.दाहाल, बलराम उप्रेती, देवराज गिरी, कुमारी उप्रेती र देवी नेपाल रहेका थिए भने विधार्थीहरूमा समिर महम्मद, सन्देश रिमाल एवंम अविभावकहरुमा लुखी सोरेन र प्रेमकुमार राई लाई सम्मान गरिएको थियो।
विधालयकी प्र अ इन्दिरा कडेल चुडाल ले वार्षिक प्रतिवेदन पेश गरेको कार्यक्रमको संचालन शिक्षक झमक तिम्सिनाले गरेका थिए।
कार्यक्रममा विधार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए।