झापा / १४ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता हल्दिबारी मा वि मा आज शुभारम्भ भएको छ।
प्रतियोगिताको उद्घाटन हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देनले गरेका थिए। गाउँपालिका स्तरीय खेलकुद समिति का संयोजक एवंम वडा नं ४ का वडाध्यक्ष सन्त कुमार थापा को अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथिहरु उपाध्यक्ष लक्ष्मी देवी मैनाली ,प्रमुख प्रशासकीय अधिकृत मान बाहादुर बन , ५ वटै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य , हल्दिबारी का संस्थागत र सामुदायिक विद्यालयका प्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरु लगायत प्रतियोगिता मा भाग लिने ११ वटा विधालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए। खेलाडीहरूलाई प्रतियोगिता जितेर आउन शुभकामना दिँदै उनले उत्कृष्ट खेलाडी विद्यार्थीलाई गाउँपालिकाले पुरस्कृत गर्ने घोषणा गरे।
कार्यक्रम मा शुभकामना मन्तव्य क्रमशः उपाध्यक्ष लक्ष्मी देवी मैनाली , प्रमुख प्रशासकीय अधिकृत मान बाहादुर बन , चक्र बहादुर बस्नेत , त्रिलोचन सापकोटा , देवी बहादुर थापा , शुकलाल राजवंशी , लगायतले राखेका थिए
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स , कराँते, तेक्वान्दो, उसु, हाइजम्प, लङजम्प,लगायतका खेल रहेका छन्। प्रतियोगितामा गाउँपालिकाभित्रका संस्थागत र सामुदायीक गरि जम्मा ९ वटा विद्यालय सहभागी भएका थिए।
खेलकुद समितिका सदस्य सचिव टंक पाख्रिन ले स्वागत गरेको कार्यक्रमको संचालन विधालयका सहायक प्र .अ तुलसी कोइरालाले गरेका थिए।
आज भएका खेलहरूमा छात्र तर्फ १०० मि .दौडमा जन जागृति माविका खेलाडी अरुण राई प्रथम, द महेन्द्र माविका सन्दीप ठटाल द्वितिय र हल्दिबारी माविका खेलाडी सुजल राजवंशी तृतीय भएका थिए भने
छात्रा तर्फ चिल्ड्रेन गार्डेन (हल्दीबारी-३) की खेलाडी सलिना मेचे प्रथम, हल्दिबारी माविकी सुमित्रा मर्डी द्वितीय, लक्ष्मी मावि की ममता मर्डीले तृतीय स्थान हासिल गरेकी थिइन्।
छात्र तर्फ लङ जम्पमा हल्दिबारी माविका राजेश राजवंशी प्रथम , चिल्ड्रेन गार्डेन (हल्दीबारी -३) का किरण मेचे द्वितीय र
जन जागृति माविका खेलाडी प्रज्वल रायमाझी तृतीय भएका थिए
छात्रा तर्फ जन जागृति माविकी सरस्वती बानियाँ प्रथम, पञ्चायत माविकी सुशीला हस्दा द्वितीय र लक्ष्मी मावि की खेलाडी सलिना बोगटी तृतीय भएकी थिईन।
छात्र तर्फ ट्रिपल जम्पमा जन जागृति माविका आयुष पराजुली प्रथम , सिग्मा इंग्लिश स्कूलका रिवाज बोहोरा द्वितीय र हल्दिबारी माविका राजेश राजवंशी तृतीय बनेका थिए।
छात्रा तर्फ जन जागृति माविकी सोनी योङहाङ प्रथम , लक्ष्मी माविकी नेहा मुर्मु द्वितीय र हल्दिबारी माविकी कृषा मुर्मु तृतीय भएकी थिईन।
छात्रा तर्फ हाई जम्पमा जन जागृति माविकी सरस्वती बानियाँ, हल्दिबारी माविकी समिका मुर्मु द्वितीय र लक्ष्मी माविकी नेहा मूर्मु तृतीय भएका थिए।
छात्र तर्फको हाई जम्प भने हुन बाँकी रहेको छ।
यस्तै कतिपय खेल आज हिट मात्रै भएका छन्। प्रतियोगिता ३ दिन सम्म संचालन हुनेछ।