राप्रपा हल्दिबारीको कार्यसमिति पुनर्गठन तथा विस्तारित भेला सम्पन्न

झापा।नवीन राप्रपा कार्ययोजना २०८० अन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टी हल्दिबारी गाउँपालिका कार्य समिति को पुनर्गठन तथा विस्तारित कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

हल्दिबारी गाउँ कार्य समितिका अध्यक्ष एकराज मगर को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राप्रपा केन्द्रीय सदस्य अन्जार आलम रहेका थिए। यस्तै केन्द्रीय सदस्य रामकुमार राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, जिल्ला उपाध्यक्ष सितादेवी लम्साल, जिल्ला सचिव कुमार थापा, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली , राप्रपा युवक संगठनका अध्यक्ष राजकुमार राई, राप्रपा नेतृ सिता थापा लिङदेन लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रममा पार्टीका विभिन्न तह र तप्काका नेताहरु, जनप्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै गाउँ समितिका अध्यक्ष मगरले संगठन चुस्त दुरुस्त बनाउन समितिका सबै पदाधिकारीको उतिकै भूमिका रहने बताए। नविन राप्रपा कार्ययोजना ले नेतृत्व लिन काम गर्नुपर्ने सिद्धान्त अनुसार सबैलाई सक्रिय हुन आग्रह गरेका थिए।

कार्यक्रममा बोल्दै हल्दिबारी गाउँपालिका अध्यक्ष लिङदेनले राप्रपाले नेतृत्व गरेको हल्दिबारीले विकाशमा फड्को मारेको र खर्चमा मितव्ययिता अपनाएको बताए।
जनताले जुन अपेक्षाले जिताएर पठाएका हुन् त्यो पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
यस्तै रामकुमार राजवंशीले बढ्दै गएको भष्ट्राचार लाई हटाउन राप्रपाको नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए।
प्रमुख अतिथि आलमले पार्टीलाई आम नागरिक सम्म पार्टीको कार्ययोजना बारे जानकारी गराउन यो कार्यक्रम गरिएको भन्दै आगामी दिनमा पार्टीले तय गरेको आन्दोलनको बारेमा प्रष्ट पारेका थिए। राप्रपाले विभिन्न किसिमका भष्ट्राचार लगायत समस्याका बारेमा सरकारको ध्यानकर्षण गराउन फागुनमा आन्दोलनको तयारी गरिरहेको छ।

 

पुनर्गठन कार्यक्रम मा सम्पूर्ण पदाधिकारीहरु यथावत नै रहेका छन भने पद रिक्त रहेको स्थानमा वडा कार्यसमिती को सिफारिस बमोजिम गाउँकार्य समिती ले पद पुर्ति गर्ने गाउँ समितिका अध्यक्ष मगर ले जानकारी दिए ।
विभिन्न जातजातिको मौलिक नृत्यहरू प्रस्तुत गरिएको कार्यक्रमको संचालन सचिव योगेश कार्कीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search