झापा।प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदान गरेको झापाका स्थानिय सरकारहरुको कार्य सम्पादन मुल्याङ्कन अंकमा हल्दिबारी गाउँपालिका झापाका गाउँपालिकाहरुमा पहिलो र समग्रमा चौथो बनेको छ।
झापा जिल्लाका १५ वटा पालिका मध्ये हल्दिबारी गाउँपालिकाले कार्य सम्पादन मुल्याङ्कनमा ३२.३९ अंक प्राप्त गरेको छ ।
यसैगरी ३७.४३ अंक प्राप्त गरि बिर्तामोड नगरपालिका समग्रमा झापाकै पहिलो हुन सफल भएको छ।
झापाकै सबैभन्दा कम बजेट आएको हल्दिबारी गाउँपालिकाको कार्यसम्पादन उत्कृष्ट भएकोमा जनप्रतिनिधि तथा कर्मचारीहरूको लगनशीलता नै पहिलो कडि भएको पालिका अध्यक्ष रविन्द्र लिङदेनले बताए।
कार्य सम्पादन मुल्याङ्कनमा नगरपालिका तथा गाउँपालिकाले प्राप्त गरेको अंकको पुरा विवरण
मेचीनगर २७.४६
बुद्धशान्ति २८.९८
अर्जुनधारा २६.२६
कन्काई २३.९४
शिवसताक्षी ३५.८५
कमल २७.६६
दमक ३६.५७
गौरादह ३१.९
गौरीगञ्ज २०.६५
झापा २५.८
बाह्रदशी २१
बिर्तामोड ३७.४३
हल्दिबारी ३२.३९
भद्रपुर ३०.४७
कचनकवल १७.४४