झापा।हल्दिबारी गाउँपालिका वडा नं. २ मा रहेको सरस्वती आधारभूत विद्यालयको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस भब्य रूपमा सम्पन्न भएको छ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष इश्वरी दाहालको अध्यक्षतामा कार्यक्रमभएको भएको थियो।
कार्यक्रममा विद्यालयमा अक्षयकोष स्थापना गर्ने प्रकाश अधिकारी र गोविन्द पौडेललाई हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले कदरपत्रले सम्मान् गरेका थिए ।सोही विद्यालयका शिक्षक, शिक्षिकाहरु पार्वता गौतम, बिनम भट्टराई, फूलकुमारी हेमरम,हरीकान्त झा,साकिला घिमिरे र विधालय कर्मचारी गोपाल राजवंशी लाई पनि सम्मान गरिएको थियो। यसैगरी हल्दिबारी मा.वि.का पुर्व प्र.अ. नरेन्द्र कुमार कार्की एवं पुर्व शिक्षक भिम बहादुर श्रेष्ठ, विद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष खकेन राजवंशी लगायतका व्यक्तित्वहरू लाई सम्मान गरिएको थियो। यसैगरी संचारका माध्यमबाट शिक्षामा पुर्याएको योगदान को कदर गर्दै पत्रकारद्वय
हल्दिबारी डटकमका प्रधान संपादक नेत्र बिक्रम बिमली र नागरिक एफएमका समाचार प्रमुख गाेपाल गिरी सम्मान गरिएको थियो।विद्यालयकाे वार्षिकोत्सव कार्यक्रममा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्गदेन, उपाध्यक्ष लक्ष्मी देवी मैनाली, वडा नं. २ का अध्यक्ष शुकलाल राजवंशी, सम्मानित व्यक्तित्व नरेन्द्र कुमार कार्की, , डम्बर बहादुर खत्री, हल्दिबारी २ माओबादी केन्द्रकी सचिव शारदा चौलागाई, नव सृजना प्रा.वि.का प्र.अ. भिम दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए।
विविध सास्कृतिक कार्यक्रम सहित मनाइएको ६४ औँ वार्षिकोत्सव कार्यक्रममा
स्वागत विद्यालयका प्र.अ. गोविन्द बोहोराले गरेका थिए भने विद्यालयकी शिक्षिका सर्मिष्टा नेपाल गरेकी थिइन्।