झापा। हल्दिबारी गाउँपालिका वडा नं ४ ऐनाबारी को मेचे युवा क्लबको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक एवंम सांगितिक कार्यक्रम सम्पन्न भएको छ।
आसाम राज्यको बि टि आर सरकारद्वारा Bodo youth Writer’s Forum को 6th Annual Boro Writers Literarily Meet कार्यक्रम यहाँ आयोजना गरिएको थियो।
फाल्गुन २१,२२ र २३ गते ३ दिन सम्म चलेको कार्यक्रममा आसामका Writer’s Forum का अध्यक्ष उकराङ नारजरी सहित करिव १२० जना को प्रतिनिधिमण्डल आएको थियो।
मेचे जातिको छुट्टै भाषा, भेषभुषा , गित संगीत रहेको भएपनि नेपाल र आसाम को पुस्ता निकै फरक पर्ने स्थितिमा पुगेकाले यता र उता को भाषा नै फरक रहेको छ। संस्कार र संस्कृतिको बारेमा बुझाउन तथा आपसी भाइचारा कायम राख्ने उद्देश्य रहेको थियो।मेचे युवा क्लबका अध्यक्ष अमृत मेचे को अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन रहेका थिए।
यसैगरी हल्दिबारी वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा,वडा नं ३ का वडाध्यक्ष विष्णु ओली कार्यपालिका सदस्यहरू भगिरथा दाहाल,आयुशा मेचे, शान्ता विश्वकर्मा, मेचे शिवियारी आफातका अध्यक्ष रन्जित मेचे, समाजसेवी धुनीलाल मेचे, महेश मेचे,सन्तलाल मेचे, विशुलाल मेचे लगायत अग्रज व्यक्तित्व हरूको आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले मेचे समुदाय हल्दिबारी को एउटा पहिचान रहेको बताएका थिए।
लोपोन्मुख अवस्थामा रहेको समुदायको छुट्टै भाषा, भेषभुषा र संस्कृति रहेकोले उनीहरूको मातृभाषा संरक्षण गर्न दिपेन्द्र आधारभूत विद्यालयमा मेचे भाषाको पाठ्यपुस्तक नै तयार गरेर पढाई भईरहेको जानकारी गराएका थिए।
आसाम बाट आएका पाहुनाहरुलाई सभ्य र भव्य कार्यक्रम हल्दिबारीमा गरेकोमा आभार प्रकट गर्दै संस्कार र संस्कृतिको प्रशंसा गरेका थिए भने हल्दिबारीका मेचे समुदायको संस्कृतिको संरक्षणमा सदैव सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।
यसैगरी कल्बका अध्यक्ष अमृत मेचेले आसाम र नेपालको संयुक्त प्रयासमा कला साहित्य र संगीतको भव्य कार्यक्रम हल्दिबारीमा गर्न पाउदा खुसी लागेको बताए।
आसाम बाट नेपालले धेरै कुराहरु सिक्न सक्ने भन्दै उनले यो कार्यक्रम यहाँ गरिएको जनाएका थिए।
कार्यक्रमको उद्घाटनमा नेपालको राष्ट्रिय झण्डा सहित आसाम र नेपालको मेचे युवा क्लबको झण्डोतोलन गरिएको थियो।
यसैगरी दुबैतिरका कलाकारहरु बाट नृत्य, कविता वाचन तथा सांगितिक कार्यक्रम गरिएको थियो।