अन्तराष्ट्रिय महिला दिवस ,सन्थाल समुदायबाट एसईई मा उत्कृष्ट अंक ल्याउने छात्राहरूलाई सम्मान

1,131 views

११४ औँ अन्तराष्ट्रिय महिला दिवसको अवशरमा हल्दिबारी गाउँपालिकामा सन्थाल समुदायबाट एसईई मा उत्कृष्ट अं क ल्याउने २ विधार्थी छात्राहरूलाई नगद सहित सम्मान गरिएको छ।


सामाजिक विकास विभाग प्रमुख एवंम कार्यपालिका सदस्य शान्ता शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन,५ वटै वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, कर्मचारीहरू साथै महिला दिदीबहिनी तथा दाजुभाइहरु को उल्लेखनिय उपस्थिति रहेको थियो।
कार्यक्रममा हल्दिबारी गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरूबाट गत वर्षको एस ईई परिक्षामा २।९ जिपिए ल्याउने जनजागृति माद्यमिक विद्यालय कि अन्जुली हस्दा र २।७५ जिपिए ल्याउने बसन्ती हेमरम हल्दिबारी माध्यमिक विद्यालय कि छात्रालाई जनहि ५ हजार सहित कदरपत्रले सम्मान् गरिएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले पछाडि परेको समुदायका छात्राहरुलाई सम्मान गरिएको र आगामी दिनमा पनि सिर्जनात्मक कामहरुमा निरन्तर सहयोग गर्ने बताए।
यसैगरी अधिवक्ता देवी निरौलाले महिला अधिकारको विषयमा प्रशिक्षण गरेकी थिइन्।
कार्यक्रममा वडा नं २ का वडाध्यक्ष शुकलाल राजवंशी, कार्यपालिका सदस्य सुष्मा महरा,उधमशिल महिला टिका राउत, शारदा लिङदेन लगायतले शुभकामना राखेका थिए।
योजना शाखा प्रमुख राजन न्यौपानेले कार्यक्रमको औचित्य पुष्टि गरेको कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापाले गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search