बालमैत्री स्थानीय शासन , ज्येष्ठ नागरिक र अपाङ्गता सम्बन्धी अभिमुखिकरण कार्यक्रम हल्दिबारीमा सम्पन्न

झापा।हल्दिबारी गाउँपालिकामा प्रदेश प्रशिक्षण तथा अनुसन्धान परिषद्को आयोजनामा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला लागि ३ दिने बालमैत्री स्थानीय शासन, ज्येष्ठ नागरिक तथा अपाङ्गता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

चैत ७ गते पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मान ब बन् (महेन्द्र) सबै वडामा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारीहरु र बाल संजालका पदाधिकारी हरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा क्रमागत तरिकाले बालमैत्री स्थानीय शासनको उद्देश्य, रणनीतीहरू,अन्तराष्ट्रिय बाल सन्धी, बाल आधिकार सम्बन्धी संविधानको मौलिक धारा,दिगो विकासका लक्ष्य, राष्ट्रिय बालबालिका निति, ज्येष्ठ नागरिक तथा अपाङ्गता लगायतका विषयमा अन्तक्रिया गरिएको थियो।

हल्दीबारी गाउँपालिकाले २०८१ पौष मसान्त सम्म मा पालिका लाई बालमैत्री बनाउने लक्ष्य लिएको छ सोही उदेश्य अनुरुप गाउँपालिकालाई बालमैत्री बनाउन गर्नु पर्ने पूर्व तयारी, तयारी, कार्यक्रम तथा योजना छनौट, अनुगमन र बालमैत्री पालिका घोषणा गर्न चाहिने सूचक बारे प्रयोगात्मक अभ्यास सहित प्रशिक्षण दिइएको थियो। बालमैत्री तथा अपाङ्गता सम्बन्धी प्रशिक्षण बालमैत्री अभियन्ता प्रशिक्षक सुमन ढकालले गरेका थिए भने ज्येष्ठ नागरिक का सवाल, समस्या तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षण प्रदेश प्रशिक्षण प्रतिष्ठान का जयनारायण अधिकारी ले गरेका थिए।
कार्यक्रमको समापनमा बोल्दै पालिका अध्यक्ष लिङदेन ले तालिम बालमैत्री स्थानीय शासन तयारी का लागी कोशेढुंगा सावित भएको धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search