झापा।वैशाख १५ गते हुन गईरहेको इलाम क्षेत्र नं २ को उपनिर्वाचन का कारण इलाममा चुनावी सरगर्मी बढेको छ।
स्व सुवास नेम्वाङको मृत्यु पश्चात यो क्षेत्र खाली रहेको थियो।
यसपटक इलाम २ मा सबै युवा र पहिलो पटक उमेदवार बनेका नेताहरु नेतृत्व आफ्नो हातमा लिन चाहन्छन्।
गत निर्वाचनमा एमालेका नेता स्व सुवास नेम्वाङले जितेको यो क्षेत्रमा कांग्रेसका उमेदवार डम्बर खडकाले थोरै मतले हार व्यहोरेका थिए। त्यसबेला कांग्रेस र माओवादीको गठबन्धन रहेको थियो तर यसपटक समिकरण अलि फरक रहेको छ। माओवादी र कांग्रेसको गठबन्धन भंग भएको छ भने पहिलाका माओवादीका नेता मिलन लिम्बु भर्खरै पार्टी प्रवेश गरेर रास्वपा बाट उमेदवार बनेका छन्। रास्वपा को गत निर्वाचनमा लगभग १४ सय मत रहेको थियो यसपटक मिलनले पनि कांग्रेस र एमालेकै मत काटने देखिन्छन्।
त्यस्तै एमाले बाट उमेदवार बनेका सुहांग नेम्वाङ राजनीतिमा सक्रिय छैनन्।
बुवाको शेष पछि उमेदवार बनेका नेम्वाङ लाई लिएर एमाले भित्रै एकपक्ष रूष्ट बनेको छ।
पार्टीमा वर्षौ संघर्ष गर्दा पनि अवशर नदिएर टपक्क टिपेर उमेदवार बनाइएको भन्दै एमाले भित्रै मतभेद बढेको छ।
यता राप्रपा बाट युवा नेता नेता लक्ष्मी गुरुङ उम्मेदवार बनेका छन्।
राप्रपा शिक्षा विभाग केन्द्रीय सदस्य युवा नेता गुरूङ राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पूर्वउपाध्यक्ष हुन्।
लोकप्रिय युवा उमेदवार बनेपछि निष्क्रिय रहेका राप्रपाका मतदाता पनि सक्रिय बनेका छन् भने गुरूङ पनि बलियो प्रतिद्वन्द्वी का रुपमा प्रस्तुत भएका छन्।सबै नयाँ र युवा उमेदवार का बिचमा गुरूङको पनि चर्चा परिचर्चा चल्न थालेको छ।
यता कांग्रेसमा भने अझै पनि टिकट कसलाई दिने विषयमा विवाद वढिरहेको छ। यसैगरी यहि क्षेत्रमा पहिचानवादी समूहका डेकेन्द्र थेगिम स्वतन्त्र उम्मेदवार बनेका छन्। एमाले र कांग्रेसको मतभार धेरै रहेको यो क्षेत्रमा थेगिमले पनि एमाले र कांग्रेसकै मत काटने निश्चित देखिन्छ। उनलाई धरानका मेयर हर्क साम्पाङ को साथ रहेको छ।