इलाम/ इलाममा उपनिर्वाचनको दिन नजिकिँदै जाँदा विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेश गर्नेको संख्या बढ्न थालेको छ ।
चैत २१ गते इलाम नगरपालिका वडा नम्बर ४ र ५ बाट नेकपा एमाले र नेपाली कांग्रेसका दर्जनौ कार्यकर्ताहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी इलामले उपनिर्वाचन लक्षित भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम तिब्र रुपले अघि बढाउदै आएको छ। यो सँगै अन्य पार्टी परित्याग गर्दै राप्रपामा प्रवेश गर्ने को लर्को लाग्दै गएको हो ।
रमिला रिजाल . सन्दिप लुइँटेल , जीवन सापकोटा , गीता आचार्य , परसुराम लम्साल लगायतले विभिन्न पाटि परित्याग गरि प्रवेश गरेका हुन् ! राप्रपा ईलाम जिल्ला अध्यक्ष राजेन्द्र चौहान , राप्रपा जिल्ला सचिव सुर्य रिजाल ,राप्रपा युवा नेता तथा हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङदेन, राप्रपा पार्टी शिक्षा विभाग सदस्य साथै राप्रपाका उमेदवार तथा इलाम जिल्ला नेता लक्ष्मी गुरुङ, युवा नेता हल्दिबारी वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा लगायतका नेताहरूको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो ।
यसैगरी केहि दिनअगाडी मात्रै देउमाई नगरपालिका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पाटिका नगर समिति उपाध्यक्ष लोक प्रसाद चम्लागाई लगायतका दर्जनौ एमाले र काग्रेशका कार्यकर्ता हरु राप्रपामा प्रवेश गरेका थिए ।
राप्रपाको भष्ट्राचार विरोधी अभियान तथा प्रत्यक्ष निर्वाचीत कार्यकारी प्रधानमन्त्री लगायतका मुद्दाहरूले यो पार्टीप्रति सर्वसाधारणको आकर्षण बढ्दो क्रममा रहेको छ।