झापा। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनले ठुला हौं भन्ने भष्ट्र पार्टी सुधार्न का लागि पनि यसपालि इलाम का जनताले विपरित पार्टीमा मतदान गर्नुपर्ने बताएका छन्। वैशाख १५ गते हुने उपनिर्वाचन लक्षित आज इलामको चोकबजारमा आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै उनले भने ” पुराना एवंम नयाँ भनिएका सबै पार्टी एउटै ड्याङ का भएको भन्दै यसपटक राप्रपाका उम्मेदवार लक्ष्मी गुरुङ लाई मतदान गर्न आग्रह गरेका थिए।
राप्रपाले प्रत्यक्ष निर्वाचीत प्रधानमन्त्री, भष्ट्राचार शुन्य देशको एजेण्डा बोकेर हिडेकाले पार्टीका योग्य उमेदवार गुरूङलाई मत दिँदा कसैले पछुताउनु पर्दैन भन्ने कुरामा विश्वस्त हुन अनुरोध गरे।
इलाम २ का उम्मेदवार लक्ष्मी गुरुङ ले आफू यहिको माटोमा खेली हुर्केको र यहाँका समस्याको बारेमा जानकार रहेको र यहाँका मतदाताहरु ले मत दिएर जिताए समस्या समाधान गर्न प्रतिबद्ध रहेको धारणा राखेका थिए।
वर्षौं देखी एउटा पार्टी र व्यक्तिले नेतृत्व गरेको यो क्षेत्रका जनतालाइ यसपटक मत परिवर्तन गरेर हेर्न अपिल गरेका थिए।
यसैगरी संघिय सांसद विना लामाले राप्रपा हिन्दुहरूको मात्र पार्टी भनेर बाहिर धर्मको नाममा चलेको हल्लाको खण्डन गरेकी छन्।
कार्यक्रमलाई संबोधन गर्दै उनले सर्वधर्म को सम्मान गर्ने पार्टी राप्रपा भएको बताइन।
आफू क्रिश्चियन धर्मावलम्बी भएपनि राप्रपा बाटै जितेको भन्दै वास्तविकता नबुझी झुटो प्रचार गर्न नहुने बताइन्।
कार्यक्रमलाई राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, केन्द्रीय प्रवक्ता भक्ति सिटौला लगायत ले सम्बोधन गरेका थिए।
कार्यक्रममा पार्टीका केन्द्र देखि प्रदेश तथा जिल्ला तहका नेता, कार्यकर्ता तथा मतदाताहरूको उल्लेखिय उपस्थिति रहेको थियो।