लिङदेनको आरोप- प्रधानमन्त्री विदेशीकै चाकडीमा व्यस्त छन्

218 views

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री विदेशीको चाकडीमा लिप्त भएको आरोप लगाएका छन् ।

काठमाडौंमा आज राप्रपाले गरेको जनप्रर्दशनलाई सम्बोधन गर्दै उनले नेपालका राजनीतिक दलहरु विदेशीको इसारामा चलिरहेको बताए ।

उनले भने, ‘अहिले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ । तर, उहाँलाई देशको भन्दा गोरखा २ को चिन्ता छ । अहिलेको प्रधानमन्त्री एउटा निर्वाचन क्षेत्रको हुन्छ । तर, सिंगो देशवासीले चुनेको प्रधानमन्त्री भयो भने त्यो प्रधानमन्त्रीले देशको बारेमा चिन्ता गर्छ । त्यो देशप्रति उत्तरदायी प्रधानमन्त्रीले विदेशीहरुसँग कुरा गर्दा पनि हैसियतमा कुरा गर्छ । अहिले कुन पार्टी कुन विदेशीहरुले चलाइदिएको छ भन्ने कुरा भन्ने थाहा हुँदैन । कुन पार्टीलाई कहाँ छुटाइदेला, सरकारबाट लडाइदेला भनेर प्रधानमन्त्री विदेशीको चाकडीमा व्यस्त हुनुहुन्छ ।’

उनले राजसंस्था हुँदा जस्तो गौरव राष्ट्रपति हुँदा नभएको दाबी गरे ।लिङदेनले भने, ‘राष्ट्रपति न राष्ट्रिय एकताको प्रतीक हुनुहुने रहेछ न त हामी सबैको अभिभावक हुने रहेछ । दलबाट निर्वाचित हुने राष्ट्रपति दलकै कारिन्दा हुने रहेछ भन्ने घटनाक्रमले देखाएको छ ।’

आफू लिम्बूको छोरा भएर पनि हिन्दू राष्ट्रको पक्षमा हिँडेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search