हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियानमा बहुपक्षीय योजना तर्जुमा गोष्ठि हल्दिबारीमा सम्पन्न

हात्तीपाइले रोग निवारण का लागि आम औषधी सेवन कार्यक्रम संचालनका लागि हल्दिबारी गाउँपालिकामा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

आगामी बैशाख १६ गतेबाट हात्तीपाईले रोग विरुद्धको आम औषधि सेवन अभियान शुरु हुदैँछ ।
हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रममा पालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीमा गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा लगायत जनप्रतिनिधिहरु, पालिकाका स्वास्थ्य केन्द्रका प्रमुखहरू ,हल्दिवारी, जलथल र गोलधाप प्रहरी चौकीका प्रमुख, आधारभूत अस्पताल व्यवस्थापन समितिका सदस्य, पत्रकार एवं पालिकाका विभिन्न शाखाका कर्मचारीहरू गोष्ठीमा सहभागी रहेका थिए ।

हल्दिवारी गाउँपालिका भित्रका सबै स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरु र सरोकारवाला सबैको सक्रिय सहभागिताबाट मात्रै अभियान सफल हुने छिट्टै अब गाउँपालिका भित्रका शैक्षिक संस्थाका प्रधानाध्यापक, बालक्लबका प्रतिनिधिहरूसँग छलफल गर्ने स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए।

वडास्तरमा जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरुसँग समेत शाखाले अन्तरक्रिया र छलफल गर्ने स्वास्थ्य शाखाको कार्यक्रम रहेको छ।
हल्दिबारी गाउँपालिका भित्र रहेका १७ वटा सामुदायिक विद्यालय, १४ वटा निजी, २ वटा गुरुकूल ,३ वटा इटाभट्टा र ५ वटा चिया बगान सहित विभिन्न कलकारखना रहेका सवैलाई हात्ती पाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम रहेको छ ।

 

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष हात्तीपाइले रोग विरुद्घको औषधि सेवन अभियान सञ्चालन गदैँ आएको छ । यस रोगको जीवाणु शरीरमा प्रवेश गरेको १० देखि १५ बर्ष पछि मात्रै यसका लक्षण देखिने भएकाले मानिसले औषधिलाई वेवास्ता गर्न नहुने जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत युवनाथ बरालले बताए । २ वर्ष मूनिका बालबालिका, गर्भवती, सुत्केरी, दीर्घरोगी र अन्य रोगको औषधि खाइरहेका विरामी बाहेक सबैले औषधी खान मिल्ने जानकारी गराईएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search