झापा। सृजनशील आमा समुह हल्दिबारी ४ को आयोजनामा सिप प्रदर्शन तथा परिचयात्मक कार्यक्रम आज सम्पन्न भएको छ।
आमा समुहकी अध्यक्ष होमादेवी खरेलको अध्यक्षता एवंम वडा नं. ४ का वडा अध्यक्ष सन्त कुमार थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हल्दिबारी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, योजना शाखा प्रमुख राजन न्यौपाने, बालबालिका शाखा प्रमुख तृष्णा थापा, महिला उद्यमी मनु डोल्पा तामाङ्ग, संचारकर्मीहरु देवीका अधिकारी, नेत्रविक्रम बिमलि , समाजसेवी नरप्रसाद खरेल लगायतको आतिथ्यता रहेको थियो।
आमा समुहले तयार पारेका सालको पातको दुना टपरी ,सुपारीको पातबाट तयार गरिएको भिन्न भिन्न आकारका थाल, बटुका साथै उप समितिले तयार गरेको खाँडीका कपडा प्रदर्शन गरिएको थियो । महिला दिदीबहिनीहरुलाई सिर्जनशिल र आर्थिक रूपमा बलियो र आत्मानिर्भर बनाउने उदेश्यले आमा समूहले विभिन्न सिप सिकेर अघि बढिरहेको छ।
कार्यक्रमको औचित्य पुष्टि गर्दै अध्यक्ष खरेलले आमा समुहले तयार गरेको सामाग्रीहरू को बजारीकरणमा गाउँपालिकाले सहयोग गर्नुपर्ने धारणा राखेकी थिइन्।
आमा समुहले प्लाष्टिकको विकल्पमा दुना टपरी तयार गरेको र स्वास्थ्यका दृष्टिले पनि यसको प्रयोग राम्रो रहने बताएकी थिइन्।
उनले आगामी वर्षको बजेटमा संस्थालाई बजेट विनियोजन गरीदिन पनि प्रमुख प्रशासकीय अधिकृत मार्फत् अनुरोध गरेकी थिइन्।
समूहमा ५० जना आमा दिदीबहिनीहरु सदस्य रहेका छन्।
सिप प्रदर्शन कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष सन्त कुमार थापा, हल्दिबारी गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत मान बहादुर बन (महेन्द्र), योजना शाखा प्रमुख राजन न्यौपाने, महिला तथा बालबालिका प्रमुख तृष्णा थापा मगर, कार्यपालिका सदस्य भावना दाहाल, महिला उद्यमी मनु डोल्मा, संस्थाका सल्लाहकार नर प्रसाद खरेल र संचारकर्मी देवीका अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए।
संस्थाकी उपाध्यक्ष इन्दिरा शिवाकोटीले स्वागत गरेको कार्यक्रमको संचालन संस्थाकी सचिव रेषिका मैनालीले गरेकी थिइन्।