झापा।हल्दिबारी गाउँपालिकाका मेलमिलापकर्ताहरूका लागि पुनतार्जगी तालिम आज शुभारम्भ भएको छ।
५ वटै वडाका मेलमिलाप कर्ताहरु सहभागी कार्यक्रममा वडामा आउने समस्याहरु , वादविवाद, मुद्दा लगायतका विषयहरुमा कसरी छलफल गर्ने, न्यायिक समितिको काम कर्तव्य र अधिकारका विषयमा विषयविज्ञहरूले प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ।
पहिलो दिनको प्रशिक्षण अधिवक्ता नविन खडकाले गरेका थिए।
हल्दिबारी गाउँपालिका उपाध्यक्ष एवं न्याय समिति संयोजक लक्ष्मी मैनालीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय निमसरी राजवंशी रहेकी थिइन् भने गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन,प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र लगायत को आतिथ्यता रहेको कार्यक्रमको संचालन योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।