झापा। हल्दिबारी गाउँपालिका वडा नं ५ मा संचालन भएको१६ हप्ते मिलिजुली आई.पि.एम कृषक पाठशाला आज एक कार्यक्रमका बिच समापन भएको छ।
लहरे तरकारी बालीमा आइ.पिएम प्रयोग सम्बन्धी २५ जना कृषकहरूको सहभागीता रहेको प्रयोगात्मक अभ्यासमा राजिया जातको काक्रा खेती गरिएको थियो।
कुल १ लाख ३६ हजार लागतमा ५०० वर्गमिटर क्षेत्रफलमा गरिएको खेतीबाट कृषकहरूले आर्थिक उपार्जन गर्न सफल भएका छन्।
हल्दिबारीका गाउँपालिका कृषि विकास शाखाको आयोजनामा भएको कार्यक्रममा
विषादी प्रयोग नगरी वा गर्नैपर्ने भएमा कम मात्रामा प्रयोग गरी वातावरण संरक्षण र मित्रजीव संरक्षण गरी बाली उत्पादन गर्नुलाई आई.पिएम पद्धति भनिन्छ । पाठशालाका ज्येष्ठ सदस्य गोविन्द गौतम को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालीका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देन रहेका थिए भने वडा नं ५ का वडाध्यक्ष खड्ग लावती , कार्यपालिका सदस्य भगिरथा दाहाल, वडा नं १ का वडा सदस्य प्रकाश कार्की,वडा नं ५ का वडा सदस्य जिवन कन्दङ्वा कृषि शाखा प्रमुख छविलाल गुरुङ लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले अर्गानिक उत्पादनमा जोड दिन कृषकलाई आग्रह गर्दै पालिकाले यस्ता कार्यक्रमहरुलाई अघि बढाउने बताए।
यादव नेपालले सहजीकरण गरेको समापन समारोहलाई हरी गौतमले संचालन गरेका थिए।