हल्दिबारी गाउँपालिका वडा नं. ३ स्थित श्री चिल्डेर्न गार्डेन अंग्रेजी माध्यमिक विद्यालयले विद्यालयको School’s Captain, School’s vice captain, House captain / House vice captain को निर्वाचन प्रकियाद्धारा नेतृत्व चयन गरेको छ ।
कक्षा ४ देखि कक्षा १० सम्मका ३४५ मतदाता रहेकामा ३२२ मत खसेको थियो । विद्यार्थीहरुलाई सिकाई सहजीकरण गर्ने उद्देश्य अनुरुप भएको यस निर्वाचनमा हल्दिबारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष श्री विष्णु प्रसाद ओलीले निर्वाचन अधिकृत श्री किशोर बास्तोलालाई मतपत्र हस्तान्तरण गर्दै निर्वाचन प्रकियाको उदघाटन गरेका थिए । प्रहरी चौकी जलथलका इन्चार्ज ओमराज पौडेलले सिग्मा अंग्रेजी स्कूल हल्दिबारी २ का स्काउटका विद्यार्थीहरुलाई निर्वाचन प्रकियामा सुरक्षा प्रवन्धबारेमा सहजीकरण गरेका थिए ।
हल्दिबारी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष श्री शन्तकुमार थापा, वडा सचिव श्री जयप्रसाद पोखरेल, वडा सदस्य सुरेन्द्र बाह्रकोटी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदधिकारी तथा सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको निर्वाचन कार्यक्रममा उत्साहका साथ १० पदका लागि ३० जना विद्यार्थीहरुले रोचक प्रतिस्पर्धा गरेका थिए । विद्यार्थीहरुले एक वर्षे कार्यकालको लागि आफ्नो नेतृत्व चयन गरेको विद्यालयका शिक्षक तथा निर्वाचन अधिकृत श्री किशोर बास्तोलाले जानकारी दिए।
जेनिसा भण्डारीलाई ६० मतले पराजित गर्दै School’s Captain मा सुजता शिवाकोटी विजयी हुनुभयो भने यसै गरी रोहित कार्कीलाई ४८ मतले पराजित गर्दै School’s Vice Captain मा अपेक्षा बजगाई विजयी भएकी छन्।
Yellow House बाट Captain र Vice-Captain मा क्रमशः नम्रता राजवंशीलाई २३ मतको मतान्तर कायम गर्दै सुदीप दर्जी, कृष्ण गौतमलाई १६ मतको मतान्तर कायम गर्दै विकेश गिरी विजयी भए। ।
Green House बाट Captain र Vice-Captain मा क्रमशः सौगात कटुवाललाई १८ मतको मतान्तर कायम गर्दै सन्ध्या ओली, लक्ष्मण गिरीलाई ८ मतको मतान्तर कायम गर्दै रिसव ढुङ्गेल विजयी भए ।
Red House बाट Captain र Vice-Captain मा क्रमशः निशान मेचेलाई १२ मतको मतान्तर कायम गर्दै शंखर पौडेल, आयुष गिरीलाई १८ मतको मतान्तर कायम गर्दै ग्रिष्म मैनाली विजयी भए ।
Blue House बाट Captain र Vice-Captain बाट मा क्रमशः कृतिका मण्डललाई २५ मतको मतान्तर कायम गर्दै अर्पण गिरी, प्रजिता गिरीलाई १९ मतको मतान्तर कायम गर्दै पंकज पौडेल विजयी भएका थिए।
विद्यालय व्यवस्थापन समिति तथा विद्यालय संचालक श्री खिवराज भट्टराईले विजयी उम्मेदुवारहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।