सुन्दरपुर मिनी गोल्डकप शुभारम्भ, नमुना एफ सि सँग राजगढ एफ सि पराजित

522 views

झापा ,बाह्रदशी । पहिलो सुन्दरपुर मिनि गोल्डकप को २०८१ फुटवल प्रतियोगिता आज बाट शुभारम्भ भएको छ । सुन्दरपुर युवा परिवार द्वारा संचालित फुटबल प्रतियोगिता को पहिलो दिनको खेल नमुना एफ सि सैनिक र राजगढ एफ फि बिच भएको थियो ।
आजको खेलमा नमुना एफ सि सैनिक ले १ का विरूद्ध २ गोल गर्दै जित आफ्नो हातमा पार्न सफल भएको थियो ।

नमुना एफ सि का लागि जर्सी नम्बर १८ का सुजन लिम्बु ले २ गोल गरेका थिए भने राजगढ एफ सि को तर्फ बाट जर्सी नम्बर १६ का अनुप मगर ले १ गोल फर्काएका थिए।

आजको खेल को म्यान अफ दि म्याच
नमुना एफ सि का सुजन लिम्बु घोषित भएका थिए ।
२०८१ साल जेठ १२ गते शनिवार बाट सुरु भएको प्रतियोगिता जेठ १९ सम्म चल्ने छ।
प्रतियोगितामा झापा जिल्ला का विभिन्न स्पोर्टिङ क्लब हरु ले भाग लिएका छन ।

बलराम कुइकेलको अध्यक्षतामा भएको उद्घाटन समारोहको प्रमुख अतिथी बाह्रदशी गाउँपालिका वडा न ३ का वडा अध्यक्ष श्री टंक शाह रहेका थिए भने विभिन्न क्षेत्रका प्रतिनिधिहरू को आतिथ्यता रहेको थियो।

कार्यक्रम संचालन आकाश क्षेत्रीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search