झापाका सबै पालिकामा बेरुजु, सबैभन्दा बढी बिर्तामोड र कम झापा गाउँपालिकामा

314 views

झापाका एकबाहेक पालिकामा गत आर्थिक वर्षमा बेरुजु भएको प्रतिवेदन सार्वजनिक भएको छ ।

Advertisement

आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन अनुसार झापाका सबै पालिकामा बेरुजु पाइएको हो ।

झापाका पालिकाहरुमध्ये सबैभन्दा बढी बेरुजु बिर्तामोडमा भएको पाइएको छ । महालेखापरीक्षकको प्रतिवेदन अनुसार बिर्तामोड नगरपालिकामा सबैभन्दा बढी ४.५४ प्रतिशत बेरुजु रहेको पाइएको हो ।

मेचीनगर नगरपालिकाबाहेक अन्य १४ पालिकाको सार्वजनिक प्रतिवेदनमा कनकाई नगरपालिका र अर्जुनधारा नगरपालिका बढी बेरुजु भएको दोस्रो र तेस्रो पालिकाको सूचीमा रहेको छ । कनकाईको ३.९१ र अर्जुनधाराको ३.५५ प्रतिशत बेरुजु रहेको छ । यसैगरी हल्दिबारी गाउँपालिकामा १.१८ प्रतिशत बेरूजु देखिएको छ।

सबैभन्दा कम झापा गाउँपालिकामा ०.५७ प्रतिशत बेरुजु रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । महालेखापरीक्षकको कार्यालयले ७५३ मध्ये ७४८ पालिकाको प्रतिवेदन सार्वजनिक गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search