झापा। रोजगार संवाद कार्यक्रम हल्दिबारी गाउँपालिकामा सम्पन्न भएको छ।
वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यहरु सँग वैदेशिक रोजगारीका सम्भावना, अवशर र चुनौतीका विषयमा प्रशिक्षक फडिन्द्र प्रसाद दाहालले प्रशिक्षण गरेका थिए।वैदेशिक रोजगारीमा जादा ध्यान दिनुपर्ने कुराहरु श्रमस्वीकृति लगायतका विषय साथै विदेशमा कोही कसैको निधन भएमा परिवारले पाउने क्षतिपूर्ति, बिरामी हुदाँ पाउने उपचार सुविधा लगायतका विषयमा पनि छलफल भएको थियो।
हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, प्रशासन शाखा प्रमुख बाबुराम ढकाल, कार्यपालिका सदस्यहरू भगिरथा दाहाल,आयुशा मेचे,बिजय राजवंशी, वडा सदस्य प्रकाश कार्की लगायतको उपस्थिती रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले विदेशमा गर्ने मिहिनेत यही गर्ने हो र केही न केही सिप सिक्ने हो भने कसैले पनि दुख नपाउने धारणा राखेका थिए।
आफ्नो वैदेशिक रोजगारीको अनुभव सुनाउँदै सोचे जस्तो विदेश नहुने बताए।
प्रमुख प्रशासकीय अधिकृत वनले कार्यक्रमको औचित्य प्रष्ट पारेको कार्यक्रमको संचालन रोजगार सेवा शाखा प्रमुख सपना न्यौपानेले गरेकी थिइन्।