झापा। प्रथम सुन्दरपुर मिनी गोल्डकप को आजको खेलमा बगान युथ क्लव लाई ३-१ गोल अन्तरले ले पराजित गर्दै गोलधाप स्पोर्टिङ्ग क्लब मिनी गोल्डकप को सेमिफाइनलमा फाईनल मा प्रवेश गरेको छ।
आजको खेलको मध्यान्तर अघि गोलधाप का लागि जर्सी नं ७ का दिपेश कार्कीले पहिलो गोल गरेका थिए भने जर्सी नं ९ का अरूण राईले दोस्रो गोल गर्दै अग्रता दिलाएका थिए। दवावमा परेका बगान एफ सि का खेलाडी जर्सी नं ३ का राजेश शाह ले १ गोल फर्काउँदै गोल अन्तर घटाएका थिए।
मध्यान्तर पछि गोलधाप स्पोर्टिङ्ग का जर्सी नं ६ का आशिष लिम्बुले गोल गरेका थिए भने बगान एफ सि बाट गोल हुन सकेन।
आजको खेलको म्यान अफ दि म्याच गोलधापका जर्सी नं १० का राजेश राजवंशी बनेका थिए।
गोलधाप स्पोर्टिङ क्लब का टिम कोच बिबेक चौधरी रहेका छन भने , टिम म्यानेजर दिपेश लुइटेल रहेका छन ।
भोलिको खेल योङ ब्वाइज जलथल र नमुना एफ सि सैनिक बिच हुने आयोजकले जनाएको छ।