झापा।हल्दिबारी गाउँपालिका भित्रका सहकारी संस्थाहरुलाई तीन दिने सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सुचना प्रणाली कोपोमिस सम्बन्धी ३ दिवसिय तालिम आज हल्दिबारी गाउँपालिकामा सम्पन्न भएको छ।
पालिका भित्रका १५ वटा सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरु तालिममा सहभागी भएका थिए।
सहकारीका नियमन क्षेत्राधिकार , वितिय सुरक्षा लगायतका विषयमा दमक नगरपालिकाबाट आएका प्रशिक्षक घनेन्द्र रिजालले प्रशिक्षण गरेका थिए।
हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन को अध्यक्षतामा भएको समापन कार्यक्रममा वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा,२ का वडाध्यक्ष शुकलाल राजवंशी लगायत को उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरुले सहकारी संस्थाहरुलाई संचालन गर्न तालिम अति उपयोगी रहेको धारणा राखेका थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले सबै सहकारीहरुले साग सुचना प्रवाह गर्नुपर्ने धारणा राखेका थिए।
एउटा सहकारीमा ऋण लिएर नतिरेका धेरैले अन्य सहकारी बाट पनि ऋण लिने गरेकाले सहकारी संस्थाहरुप्रति सर्वसाधारणको विश्वास घटेकाले त्यस्ता कुरामा ध्यान दिन आग्रह गरेका थिए।
यसैगरी कार्यक्रममा आगामी आर्थिक बर्षको निति तथा कार्यक्रममा सहकारीका विषयवस्तुहरू को बारेमा संक्षिप्त चर्चा भएको थियो भने अध्यक्ष लिङदेनले सहकारीको साझा अवधारणामा छलफल गर्न पालिका तत्पर रहेको बताएका थिए।