सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव राष्ट्रिय सभामा पेश

178 views

काठमाडौँ —सवारी दुर्घटना न्युनीकरणसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव राष्ट्रिय सभामा पेश भएको छ । सोमवार बसेको राष्ट्रिय सभा बैठकमा सांसद सोनाम गेल्जेन शेर्पाले सो प्रस्ताव पेश गरे।

Advertisement

 

उनले सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने र दुर्घटनामा परी ज्यान गुमाउने परिवारलाई उचित क्षतिपूर्ति र घाईतेलाई उद्धार र उपचार, अपांगता भएकालाई उचित प्रवन्ध गर्न तत्काल कदम चाल्नुपर्ने भन्दै सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको बताए ।

सांसद शेर्पाले भने, ‘नेपालमा हरेक वर्ष सवारी दुर्घटना र त्यसबाट भएको जनधनको क्षतिको बारेमा समाचार आइरहेका छन् । गएको महिना बैशाखको १ देखि ३० गतेसम्मको अवधिमा देशभर भएका १५९४ सवारी दुर्घटनामा परी १८१ जनाको मृत्यु भएको छ भने ४८७ जना गम्भीर घाइते भएका छन् । त्यस्तै, २ हजार २३४ जना घाइते भएका छन् ।’

सांसद शेर्पाले सवारी सुरक्षामा देखिएको यस प्रकारको समस्याले मुलुकले झन्डै १२ अर्ब २८ करोड बराबरकाको क्षति व्यहोर्नुपरिरहेको दाबी गरे ।

सो प्रस्तावमा चालु आर्थिक वर्षको पहिलो महिनामा साउनदेखि वैशाख ३० को अवधिमा १९ हजार २६३ सवारी दुर्घटना हुँदा १ हजार ९३२ मृत्यु भएको उल्लेख गरिएको छ । सो प्रस्तावमा सांसदहरु जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाया, भगवती न्यौपाने, मदनकुमारी साह (गरिमा), मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा र शेखरकुमार सिंह समर्थक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search