एमालेसँग अघाएपछि केही किर्ना बनेर झरेका छन् : अध्यक्ष ओली

191 views

एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न कालखण्डमा धेरै पार्टीसँग सहकार्य गर्दै एकता गरेपनि केही भने अघाएर छोड्ने गरेको बताए ।

सोमबार, काभ्रेको धुलिखेलमा आयोजित ११ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले विभाजनकोलाई इंगित गर्दै ‘किर्ना अघाएपछि भैंसीको पिड्युँबाट झर्छ’ भने । उनले एमालेभित्र रहेर षडन्त्र गर्ने, खानुनजेल खाने, अघाएर किर्ना बनेर झर्ने गतिविधि पार्टीमा भएको बताए ।

उनका अनुसार, स्थापनाकालदेखि एमालेले ५७ वटा पार्टीसँग सहकार्य गरेर एकता गरेको र केहीले पार्टीसँगको सहकार्य र एकताको फाइदा लिएपछि एकता भंग गरेको उदाहरण दिए । ‘सहकार्य गर्दै गर्दा एमालेभित्रै खुट्टामा अनेक प्रकारको ट्रयाप हाल्ने, घाँटीमा पासो लगाउन खोज्ने, षड्यन्त्र गर्न खोज्ने गरेका छन्,’ उनले भने, ‘त्यस्ता षड्यन्त्रकारीहरु अहिले पार्टीबाट छुट्टिएर अलग्गिएका छन् ।’

कार्यक्रमलाई सम्बोधन गर्दै, अध्यक्ष ओलीले नकेपा एससँगको फुटको सन्दर्भलाई स्मरण गर्दै उनले भने, ‘हाम्रो विरोधीहरुले चौतर्फी धेराबन्दी गरे, एमालेकाविरुद्ध हमला गरे । नेकपा एमालेलाई विभाजन गराएरै छोडे ।’ पार्टी भित्रबाट नै पार्टीलाई सिध्याउन खोज्नेले नेकपा एमालेलाई सरकारबाट हटाउने र सिध्याउने हिसाबले यो विभाजनमा भएको र पार्टी ध्वस्त पार्ने काम भएको उनको भनाई थियो । उनले सर्वसम्मत प्रक्रियाबाट अधिवेशन सम्पन्न गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search