इलाममा राप्रपा प्रवेश गर्नेहरु बढ्दै

321 views

इलाम। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा पार्टी प्रवेश गर्नेको संख्या बढ्दै गएको छ।
आज एक कार्यक्रमका  बिच इलाम ८ मा  नेकपा एमाले तथा नेपाली कांग्रेस परित्याग गरी शिद्दी गुरुङ , भिम लिम्बु, रन्जु रम्तेल,लिलु कुमारी तामाङ, शर्मिला तामाङ लगायत पार्टी प्रवेश गरेका छन्।


राप्रपाका केन्द्रीय सदस्य अभिषेक जोशी तथा इलाम उपनिर्वाचनका उमेदवार लक्ष्मी गुरुङले उनीहरूलाई पार्टीको सदस्यता दिएका थिए।
इलामका विभिन्न नगरपालिका तथा गाउँपालिकामा राप्रपाको एजेण्डा मन पराएर पार्टी प्रवेश गर्नेहरु बढिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search