कोपा अमेरिकामा अमेरिकाको विजयी सुरुआत

289 views

१० असार, काठमाडौं । आयोजक अमेरिकाले कोपा अमेरिका २०२४ मा विजयी सुरुआत गरेको छ ।

Advertisement

समूह सी अन्तर्गत सोमबार बिहान टेक्ससस्थित एटी एण्ड टी स्टेडियममा भएको खेलमा अमेरिकाले बोलिभयालाई २-० ले हरायो ।

अमेरिकाका लागि क्रिस्टियन पुलिसिकले खेलको तेस्रो मिनेटमै टिमोथी वेहको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । अमेरिकाको लागि पुलिसिकको यो ६९औं खेलमा ३०औं गोल हो ।

पुलिसिककै पासमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर पारेका थिए ।

एक गोल र एक असिस्ट गरेका पुलिसिक प्लेअर अफ दि म्याच घोषित भए ।

अमेरिकाले अब दोस्रो खेलमा पानामासँग खेल्नेछ भने बोलिभियाले उरुग्वेको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search