क्यानडासँग पेरु पराजित, अर्जेन्टिनाको खेल आजै

293 views

कोपा अमेरिका फुटबलमा क्यानडाले पेरुलाई १-० ले पराजित गरेको छ।

Advertisement

आज बिहान सम्पन्न खेलमा क्यानडाले पेरुलाई हराउँदै अंक तालिकाको दोस्रो स्थानमा रह्यो। खेलको ५९औँ मिनेटमा पेरुका मेरुयल अग्युरोले रेडकार्ड पाएपछि १० पेरु खेलाडीमा झरेको थियो। त्यसको फाइदा उठाउँदै क्यानडाले खेलको ७४औँ मिनेटमा जोनाथन डेभिडले गरेको गोल निर्णायक बन्यो।

ग्रुप एमा रहेका अर्जेन्टिना र चिलीको खेल पनि आजै छ। नेपाली समय अनुसार खेल विहान पौने ७ बजे सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search