बेल्जियमलाई हराउँदै फ्रान्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
डसेलडोर्फमा भएको प्रिक्वाटरफाइनलमा आत्मघाति गोलको मद्दतमा फ्रान्स अन्तिम आठमा पुगेको हो।
खेलको एकमात्र गोल ८५औं मिनेटमा आत्मघाती गोलको रूपमा आएको थियो। फ्रन्सका रान्डाल कोलो मुआनीको प्रहार बेल्जियम डिफेन्डर यान भर्टङगनलाई लागेर गोलमा परिणत भएको थियो। सोही गोलको मद्दतले फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो।
दुई दावेदार टोली बीच आँकलन गरेभन्दा केही फितलो खेल प्रदर्शन गरेका थिए। र? अन्त्यमा खेलको छिनोफानो आत्मघाती गोलले हुन पुग्यो ।
फ्रान्सले अब क्वाटरफाइनलमा पोर्चुगलसँग खेल्नेछ।