झापा। हल्दिबारी गाउँपालिका वडा नं ४ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयका संस्थापक शिक्षक एवंम हल्दिबारी गाउँपालिका कि उपाध्यक्ष लक्ष्मीदेवी मैनाली का श्रीमान स्व लयप्रसाद मैनालीको ७४ औ स्मृति दिवस मा परिवारजनले महेन्द्र माध्यमिक विद्यालयमा विभिन्न प्रजातिका बोटविरुवा बृक्षारोपण गरेका छन्।
वि सं २००७ सालमा जन्मिएका स्व मैनालीले महेन्द्र माध्यमिक विद्यालयको स्थापनाकालमा संस्थापक शिक्षक भएर सेवा गरेका थिए । सामाजिक कार्यमा सक्रिय मैनालीको गत वैशाखमा असमायिक निधन भएको थियो।
आज उनको ७४ औं जन्मदिन भएपनि भौतिक शरीर संसारमा नरहेकाले बुवाको स्मृतिमा समी, धुपी,अशोका लगायतका बहुउपयोगी बिरूवाहरू रोपिएको उनका छोरा दिपक मैनालीले जानकारी दिए।