झापा।सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ नेपाल झापा ले वन दिवस २०८१ विविध कार्यक्रम गरी सम्पन्न गरेको छ।
जिल्ला महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारी को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन रहेका थिए।
यसैगरी हल्दिबारी वडा नं २ र ३ का वडा अध्यक्षहरु शुकलाल राजवंशी, विष्णु ओली, डिभिजन वन कार्यालय झापाका वन अधिकृत देवेन्द्र उप्रेती, प्रदेश महासंघ कोषाध्यक्ष गिता भण्डारी, सदस्यहरू ख्याम सिटौला, न्यायिक समिति सदस्यहरू चन्द्र सिग्देल र घनश्याम खनाल लगायत विभिन्न स्थानिय महासंघका अध्यक्ष, सामुदायिक वन समुहका अध्यक्षहरू को आतिथ्यता रहेको थियो।
यसैगरी वन समुहका पदाधिकारीहरू, शिक्षक, विधार्थी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमहरू गर्दै आएको महासंघले आज हल्दिबारी गाउँपालिका वडा नं २ मा रहेको भेलागुडी सामुदायिक वनमा वक्तित्वकला प्रतियोगिता एवंम बृक्षारोपण गरेको हो।
झापा जिल्लाका ८ वटा स्थानीय महासंघ अन्तर्गतका विधालयमा माध्यमिक तहमा अध्ययनरत १६ जना छात्र छात्रा का बिच ” आजको सन्दर्भमा सामुदायिक वन” शिर्षकमा वक्तित्वकला भएको थियो।
प्रतियोगितामा धुलाबारी मा वि कि छात्रा दिव्या राय प्रथम, गढिगाउ मा वि कि छात्रा प्रनिसा खतिवडा द्वितीय, झापा मेरिगोल्ड कि छात्रा अंकिता खनाल तृतीय र हरिकुल अंग्रेजी मा वि कि छात्रा प्रिन्सा तिम्सिना ले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।
पुरस्कारको राशि क्रमशः ५०००,२५००,१५०० र १००० साथमा प्रमाणपत्र रहेको थियो।
निर्णायक मण्डलमा प्राध्यापक प्रेमसागर घिमिरे, डिभिजन वन कार्यालयका वन अधिकृत डिल्ली खरेल र पारिवारिक निजी वनका प्रदेश सदस्य राजकुमार ओली रहेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले सामुदायिक वन हरूले काठ बिक्री मात्रै नभएर आय आर्जन का नयाँ विकल्पहरू खोज्नुपर्ने र स्थानिय निकाय हातेमालो गर्न तयार रहेको धारणा राखेका थिए।
कोशी प्रदेश कोषाध्यक्ष भण्डारीले एउटा नयाँ कार्यक्रमको सुरुवात गरेकोमा महासंघ झापालाई धन्यवाद दिदै आगामी दिनमा नेतृत्व विकास सम्बन्धी यस्तै कार्य गर्न समन्वय गर्ने प्रतिबद्धता जनाएकी थिईन्।
यसैगरी डिभिजन वन कार्यालयका अधिकृत उप्रेतीले वन कार्यालय नियम र कानुन अनुसार सदैव सामुदायिक वनको हितमा रहेको बताएका थिए।
यस्तै कार्यक्रमको अन्त्यमा अध्यक्ष भण्डारीले यसपटक विधार्थीहरू लाई सामुदायिक वन का विषयमा बुझाउन यो कार्यक्रम गरिएको जानकारी गराएका थिए। उनले स्थानीय निकाय र जिल्ला वन संग समन्वय गरी वनलाई। बहुआयमिक बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए।कार्यक्रममा स्वागत महासंघका उपाध्यक्ष चन्द्र तामाङले गरेका थिए भने संचालन सचिव खिमप्रसाद आङवो र कोषाध्यक्ष देवीका अधिकारीले गरेका थिए।