ओम साइ पाथिभरा अस्पतालमा नेपालमै पहिलो पटक डिएनए परीक्षण सेवा विस्तार

झापा, २७ साउन । स्वस्थकर जीवन शैली विताउन डिएनए टेष्ट भन्ने नाराका साथ झापाको भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालले अबदेखि डिएनए परीक्षण गर्ने व्यवस्था सुरु गरेको छ । नेपालमै पहिलो पटक यस किसिमको डिएनएकोे परीक्षण गर्ने व्यवस्था सुरु गरेर भदपुरस्थित ओमसाई पाथीभरा अस्पतालले इतिहास रचेको छ ।
अस्पतालले हिजो वेलुकी भदपुरस्थित डे ग्लोको सभाहलमा पत्रकारहरुसहित व्यवसायी, जनप्रतिनिधी, स्वास्थ्यकर्मी, शिक्षासेवी र बौद्धिक व्यक्तित्वहरुको उपस्थितिमा आयोजना गरेको कार्यक्रममा अस्पतालका अध्यक्ष दिपक पोखरेलले डिएनए टेष्टका बारेमा उक्त जानकारी दिनका हुन।
अस्पतालका प्रशासन प्रमुख दिप पौडेलले संचालन गरेको कार्यक्रममा डिएनए टेष्ट विज्ञ डा आश्विन मौर्यले मान्छेले जीवनमा एक पटक गरे हुने डिएनए टेष्टबाट उसमा लागेका रोगको औषधी कुन प्रयोग गर्ने, भविश्यमा उसलाई कुन रोग लाग्ने संभावना छ र त्यसबाट बच्न कस्तो खानपान र जीवनशैली अपनाउनु पर्छ, उसलाई के को एलर्जी छ र त्यसबाट बच्न के गर्नु पर्छ यावत कुराको सटिक जानकारी प्राप्त हुने भएकोले यसको महत्व रहेको बताए ।
डा मौर्यले डिएनए टेष्टबाट रिलेसनको जानकारी दिने एउटा पक्ष भएको बताउँदै यस टेष्टबाट एउटा व्यक्तिको १८ प्यानलमा १३१ प्रकारका टेष्ट हुने भएकोले यो एकपटक गरेपछि जीवनभरका लागि काम लाग्ने जानकारी दिए। यस्तो किसिमको डिएनए टेष्ट भारतको हैदराबादमा एक ठाउँमा मात्र भएको बताउँदै डिएनए टेष्टबाट मान्छेको डाइट, जीवनशैली, व्यायाम, क्यारियर, मानसिक क्षमताको विकास, औषधी, रोग निदानका लागि गर्नु पर्ने उपाय आदिको बारेमा जानकारी पाइने भएकोले महत्वपूर्ण हुने बताए।
कोरोनाको पिसिआर टेष्ट गर्दा जस्तै स्वाब दिएर डिएनको परीक्षण गरिने र यसका लागि कम्तीमा एक साता लाग्ने, रिपोर्ट आउन कम्तीमा ३ साता लाग्ने र परीक्षण मेसिन पनि महँगो भएकोले हाललाई डिस्काउन्टमा अस्पतालले २५ हजार रुपैयाँ लिएर परीक्षण गरिदिने अध्यक्ष पोखरेलले जनकारी दिए|

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search