आज जातिय छुवाछुत अन्तय दिवस ,हल्दिबारीमा सचेतना कार्यक्रम

झापा ।
राष्ट्रिय प्रजातान्त्र पार्टी हल्दिबारी गाउँपालिका वडा १ कमिटी ले छुवाछुत अन्त्य को ६१ औं मुलुकी ऐन दिवस आज एक कार्यक्रम गरि मनाएको छ।


वडा न १ को सभाहलमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथी दलित उत्पीडित उत्थान कोशी प्रदेशका संयोजक गोपाल गजमेर रहेका थिए भने कार्यक्रम मा विशेष अतिथीको रुपमा हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देन थिए  । कार्यक्रममा हल्दिबारी वडा नं १ का वडा अध्यक्ष देवीबहादुर थापा लगायत सम्पूर्ण जनप्रतिनिधि साथै अग्रज व्यक्तित्वहरु मान प्रसाद लिङ्देन , हेम बहादुर लिम्बु , नर बहादुर कार्की डोलि, , राप्रपा जिल्ला सचिव कुमार थापा, यसैगरी गोपाल सेन्चुरी, बिपि कोइराला, लक्ष्मी ढकाल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि गजमेरले छुवाछुत र विभेदका कारण बिगतका दिन हरुमा समाजमा भोग्न परेको समस्या हरु पोखेका थिए ।
छुवाछुत र सामाजिक विभेद बारे आफ्नो तर्क राख्दै हल्दिबारी गाउँपालिका अध्यक्ष लिङ्देन ले भने”नेपाली हरुमा नेपाल को ट्याग हुन पर्छ ! दलित को हैन” । कार्यक्रममा बिर्तामोड १०निवासी जितु बिश्वकर्मा ले गित गाएर मनोरञ्जन प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search