हल्दिबारीमा डेङ्गी रोगका लार्भा नष्ट गर्ने अभियान सुरू

झापा। हल्दिबारी गाउँपालिका वडा नं ३ मा डेङ्गी रोग बारे सरोकारवालाहरूसँग अन्तर्क्रिया एवंम सचेतना कार्यक्रम आजबाट शुरु भएको छ।

Advertisement

डेङ्गी रोग सार्ने एडिज जातको लाम्खुट्टे को लार्भा खोजी गर्ने, नष्ट गर्ने र नागरिकहरु लाई सचेत गराउने उद्देश्यले शुरु गरिएको अभियानमा आज ऐनाबारी डाँडागाउँमा स्थानीयहरू को सहभागीता रहेको थियो।
कार्यक्रममा यो रोग सार्ने लाम्खुट्टे सफा पानी जमेको ठाउँमा बस्ने र धेरै संख्यामा एकैपटक लार्भा हुर्काउने भएकाले पानी जमेको ठाउँ सफा गरेर हटाइएको थियो भने सबैलाई यसबारे जानकारी गराइएको थियो।

हल्दिबारी गाउँपालिका वडा नं-३ ,आधारभूत स्वास्थ्य चौकी र फेयरमेड फाउण्डेसनको सहकार्यमा वडाका वडा अध्यक्ष विष्णुप्रसाद ओली,कार्यपालिका सदस्य आयुषा मेचे,वडा सदस्यहरू अजित विष्ट,कर्ण भण्डारी, विष्णुमाया ढुङ्गेल,फेयरमेड कि  मोनिका  खडका सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरू, शिक्षक शिक्षिकाहरू लगायत को उपस्थिति रहेको थियो।

विशेषगरी डेङ्गी रोग सार्ने लाम्खुट्टे को लार्भा खोज र नष्ट गर्ने कार्यको सिकाई समेत गरिएको थियो।
पछिल्लो समय यो रोगका संक्रमित बढ्दै गएको पाइएको स्वास्थ्य शाखाले जनाएको छ भने सबै वडामा यस्ता कार्यक्रम हुने जनस्वास्थ्य निरिक्षक प्रकास खतिवडाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search