बाल संजाल हल्दिबारीद्वारा लागुऔषध दुर्व्यसन विरूद्ध सचेतना कार्यक्रम

झापा।बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थलानी” भन्ने नाराका साथ ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा हल्दिबारी बाल संजालले लागु औषध दुर्व्यसन विरूद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ। हिजो बाल दिवसको दिन बृहत र्याली निकालेको बाल संजालले आज लागुऔषध दुर्व्यसन विरूद्ध सचेतना कार्यक्रम गर्दै बालदिवस मनाएको छ।

Advertisement

हल्दिबारी गाउँपालिकाको समन्वयमा बाल संजालको आयोजनामा भएको कार्यक्रममा हल्दिबारी बाल संजालका अध्यक्ष पवन गिरीको अध्यक्षता रहेको थियो।कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन रहेका थिए भने कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने, महेन्द्र मा वि का शिक्षक लोकप्रसाद भण्डारी, जलथल प्रहरी चौकीका इन्चार्ज ओमराज पौडेल, शिक्षक योगेश सुवेदी, पालिकाका रोजगार सहायक मिलन बिश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले भोलिका भविष्यका कर्णधार बालबालिकाहरू लागुऔषधको लतमा पर्न नहुने भन्दै सकारात्मक दिशामा अघि बढ्न सचेत गराएका थिए।
दिनप्रतिदिन बढ्दै गएको लागुऔषध प्रयोगकर्ताको संख्या, यसले बालबालिकालाई पुर्याउने जोखिम लगायतका विषयमा राजन न्यौपानेले प्रशिक्षण गरेका थिए।के कारणले मानिसहरू यसको कुलतमा फसेका छन्, कसरी न्युनिकरण गर्न सकिन्छ आदि विषयमा उदाहरण सहित प्रस्तुति दिएका थिए।
यसैगरी जलथल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक ओमराज पौडेल ले लागुऔषध को जोखिम, बालबालिकाको प्रयोग र कानुनी सजायको बारेमा प्रशिक्षण गरेका थिए।

हल्दिबारीका विभिन्न विधालयका विधार्थीहरुको सहभागीता रहेको कार्यक्रममा स्वागत मन्तब्य बाल संजालकी उपाध्यक्ष अम्बिका महतो ले राखेकी थिइन् भने संचालन असिम आचार्यले गरेका थिए।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search