झापा। हल्दिबारी गाउँपालिका भित्रका अशक्त बिरामीहरुको स्वास्थ्य अवस्था बुझ्न पालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा नं ५ का वडा अध्यक्ष खडग लावती , वडा सदस्य जिवन कन्दङवा सहित स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक प्रकास खतिवडा वडा नं ५ का बिरामीहरुको घरमै पुगेर घरभेट गरेका छन्।
बिरामी अवस्थामा रहेका शेरबहादुर थाम्सुहाङ, देवीप्रसाद ढकाल, शेरबहादुर नेम्वाङ,(निवर्तमान वडा अध्यक्ष वडा नं ५ ) केशव गौतम , धनबहादुर भुजेल,राजु तामाङ लगायत लाई स्वास्थ्यकर्मी खतिवडाले सामान्य स्वास्थ्य परिक्षण समेत गरेका थिए ।
हल्दिबारी गाउँपालिकाले स्वास्थ्यकर्मी सहित अशक्त बिरामीहरुको सामान्य स्वास्थ्य परिक्षण समेत गर्दै आएको छ।
अति अशक्त र आर्थिक रूपले विपन्न बिरामीहरुको स्वास्थ्य बिमा समेत गरिदिएको छ भने बिमा नहुने बिरामीहरूलाई निशुल्क स्वास्थ्य परिक्षण गरेर सहयोग गर्ने गरेको छ।