शिक्षा दिवशको अवशरमा हल्दिबारीमा उत्कृष्ट विद्यार्थी र सेवा निवृत्त शिक्षकहरूलाई सम्मान

झापा। राष्ट्रिय शिक्षा दिवशको अवशरमा हल्दिबारी गाउँपालिकाले पालिका भित्र एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने सामुदायिक र संस्थागत विद्यालयका ७ जना विधार्थी र गत आर्थिक वर्षमा सेवा निवृत्त हुने ९ जना शिक्षक शिक्षिकाहरू लाई सम्मान गरेको छ।सम्मानित हुने शिक्षकहरूमा चक्र बहादुर बस्नेत, बिनोद भण्डारी,मित्र बहादुर बस्नेत, बिजय बस्नेत, प्रेमकुमार गुरुङ,मिरा निरौला, अर्जुनकुमार पौडेल, शरदचन्द्र खनाल, तोयानाथ खतिवडा रहेका छन्।यसैगरी सम्मानित हुने विधार्थीहरूमा समीर गौतम ,गणेश भट्टराई बिमला ओली, मौसम योङहाङ,सुरक्षा अधिकारी, किरण दङाल र बिनिता पौडेल रहेका छन्।


४२ औं राष्ट्रिय शिक्षा दिवशको अवशरमा पालिकाको सभाहलमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने,१ नं वडाका वडा अध्यक्ष देवीबहादुर थापा,३ वडाका वडा अध्यक्ष विष्णुप्रसाद ओली,४ नं वडाका वडा अध्यक्ष सन्तकुमार थापा, कार्यपालिका सदस्यहरू शान्ता शिवाकोटी,भगिरथा दाहाल, बिजय राजवंशी,रूपा रसाईली, १ र ३ नं वडाका वडा सदस्यहरू प्रकाश कार्की, कर्णबहादुर भण्डारी, विष्णुमाया ढुङ्गेल, अजित विष्ट , शिक्षा शाखा प्रमुख जनक कुमारी राई, शिक्षा समितिका प्रतिनिधिहरु, विभिन्न विधालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले शिक्षा मै जिवन समर्पित गरेर सेवा निवृत्त हुने शिक्षकहरूको निवृत्त जिवन सुखमय बितोस भन्दै शुभकामना दिदैं ज्ञान र अनुभव ले निखारिएका गुरूहरूबाट शैक्षिक क्षेत्रमा सकेको सहयोग गर्न आग्रह पनि गरेका थिए।
सम्मानित विधार्थीहरुलाई अझै हौसला मिलोस् भनी सम्मान गरेको भन्दै उनले शैक्षिक सफलताको कामना गरेका थिए।
कार्यक्रममा ३ नं वडाका वडा अध्यक्ष विष्णुप्रसाद ओली, शिक्षा शाखा प्रमुख जनक कुमारी राई, शिक्षा समितिका सदस्य धर्मराज शिवाकोटी लगायतले शुभकामना राखेका थिए।
निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपानेले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षा सहजकर्ता दुर्गाप्रसाद अधिकारीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search