एएफसी अन्डर ट्वान्टी एशियन कप छनौटमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दैछ । नेपाल लगातार दोस्रो जित हात पार्ने लक्ष्यसहित मैदान उत्रनेछ ।
न्यू ताइपेइ सिटी स्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार पौने एक बजे सुरु हुनेछ । समूह बीमा रहेको नेपाल दुई खेलबाट तीन अंक जोड्दै चौथो स्थानमा छ । अघिल्लो खेलमा कम्बोडियालाई सात-शून्य गोलको फराकिलो अन्तरले हराएको उज्वेकिस्तान तीन अंकसहित शीर्ष स्थानमा छ ।
उज्वेकिस्तान समूहकै बलियो टोली हो । नेपालले पहिलो खेलमा कम्बोडियासँग चार एक गोलको हार बेहोरेको थियो । समिर तामाङले ह्याट्रिक गरेपछि दोस्रो खेलमा भने नेपालले चाइनिज ताइपेइमाथि तीन-एक गोलको जित हात पारेको हो ।
दोस्रो स्थानको कम्बोडिया र तेस्रो स्थानमा रहेको बहराइन पनि आज नै आमने सामने हुनेछन् । फाइनल चरणका लागि छनौट हुने संभावना कायमै राख्न नेपालले तीन अंक जोड्नु आवश्यक छ ।