झापा।विद्यालयमा अपांगता रोकथाम तथा पुन: स्थापना सम्बन्धी दुई दिने तालिम आजबाट हल्दिबारी गाउँपालिकामा सुरू भएको छ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालय , करुणा फाउन्डेसन नेपाल र राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशको सहकार्य तथा हल्दीबारी गाउँपालिकाको आयोजनामा कार्यक्रम संचालन भएको हो।
गरमकाली आधारभूत विद्यालयका सहायक प्र अ बडाराम हेमरमको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली,योजना शाखा प्रमुख तथा नि प्र प्र अ राजन न्यौपाने , महिला तथा बालबालीका शाखा प्रमुख तृष्णा थापा मगर, शिक्षा शाखा प्रमुख जनक कुमारी राई लगायत सामुदायिक तथा धार्मिक विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो।
विद्यालयमा रहेका अपाङ्गता भएका विधार्थीहरूको अवस्था, गर्नुपर्ने सुधार लगायतका विषयमा छलफल गरिएको थियो।
हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चिततामा हल्दीबारी गाउँपालिका प्रतिबद्ध रहेको बताए। उनले सम्बन्धित संघ संस्थासँग समन्वय गर्दै अगाडि बढ्ने समेत बताएका थिए।
त्यस्तै गाउँपालिका उपाध्यक्ष मैनालीले यस्ता किसिमका तालिमले अपाङ्गता भएका व्यक्तिहरूलाई सीप विकास तालिम दिलाई उनीहरूको क्षमता विकास हुने बताएकी थिइन। शिक्षा शाखाका प्राविधिक सहायक सुमन चौधरीले सहजीकरण गरेको कार्यक्रमको बारेमा शिक्षा शाखा प्रमुख राईले प्रष्ट पारेकी थिइन भने संचालन शिक्षा समन्वयकर्ता दुर्गा प्रसाद अधिकारीले गरेका थिए।