स्थानीय तहमा कानुन निर्माण प्रक्रिया र कार्यान्वयन सम्बन्धी अन्तरक्रिया हल्दिबारीमा सम्पन्न

झापा।स्थानीय तहमा कानुन निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम हल्दिबारी गाउँपालिकामा सम्पन्न भएको छ।
कोशी प्रदेश सभा सचिवालयको आयोजनामा भएको कार्यक्रममा प्रदेश सभा को कार्यसम्पादनको अवस्था बारे उपसचिव गौतमराज अमात्यले प्रस्तुतिकरण गरेका थिए भने स्थानीय तहमा कानुन तर्जुमा विषयमा कानुन अधिकृत अन्जु कार्कीले प्रष्ट पारेकी थिइन्।


हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य माननीय छवि चुडाल को प्रमुख आतिथ्यता रहेको थियो भने हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने,५ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू,वडा सदस्यहरू, प्रदेश सभा सचिवालयका कर्मचारीहरु, हल्दिबारी गाउँपालिका विभिन्न शाखाका शाखा प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि रहेका प्रदेश सभा सदस्य छवि चुडालले स्थानीय तहमा कार्यसम्पादन बढाउन आवश्यक निति नियम निर्माणमा प्रदेश सभामा आवाज उठाउने बताएका थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले संघ, प्रदेश र स्थानीय तहको कानुन बाझिएकाले कार्यसम्पादनमा कठिनाई भइरहेको धारणा राखेका थिए।
यसैगरी विधायन समितिका संयोजक प्रकास कार्कीले स्थानीय तहमा विधायन समितिलाई कानुनी परामर्श र तालिमको आवश्यकता रहेको बताए।
यसैगरी शिक्षा शाखा प्रमुख जनक कुमारी राई ले संघबाट शिक्षा ऐन बन्न नसक्दा स्थानीय तहमा शिक्षा क्षेत्रमा अप्ठ्यारो परिस्थिति आएको भन्दै सहजीकरणका लागि आग्रह समेत गरेकी थिइन।
कार्यक्रममा हल्दिबारी गाँउपालिकाको संक्षिप्त विवरण सहित हाल सम्म निर्माण गरिएका कानुन विधयेक बारे निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपानेले जानकारी गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search