सक्रिय ज्येष्ठ नागरिक कृषि सहकारीको साधरणसभा, उत्कृष्ट बचतकर्तालाई सम्मान

झापा। ज्येष्ठ नागरिक कृषि सहकारी संस्था लिमिटेड हल्दिबारी को १० औँ साधारणसभा आज सम्पन्न भएको छ। ३४ औ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर गरिएको सभामा
संस्थाका अध्यक्ष ओम कृष्ण सिलवालको अध्यक्षता‌ रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन रहेका थिए भने वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा, वडा नं २ का अध्यक्ष शुकलाल राजवंशी,सहकारी शाखा प्रमुख कविता कर्ण, वडा सचिव जयप्रसाद पोखरेल हरियाली कृषि सहकारी संस्थाका अध्यक्ष जयप्रसाद मैनाली लगायतको आतिथ्यता रहेको थियो।

६० वर्ष माथिका महिला , पुरूष र एकल महिलाहरूलाई समेटेर २०६९ सालमा स्थापना गरिएको सहकारीमा हल्दिबारीका ज्येष्ठ नागरिकहरूले बचत राख्ने तथा आवश्यक पर्दा सरल व्याजदरमा ऋण लिने गरेका छन्।

कार्यक्रममा उत्कृष्ट बचतकर्ताका रूपमा ५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो।
यसैगरी संस्थाका अध्यक्ष सिलवालले ५५ लाख ५ हजार ९८ रूपैयाँ बराबरको आय व्यय प्रस्तुत गरेका थिए भने आगामी वर्षका लागि ५९ लाख ७७ हजार को अनुमानित आय व्यय प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले ज्येष्ठ बुवाआमा को बचत गर्ने बानीको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका थिए।
ज्येष्ठ नागरिकहरूका समस्याहरु समाधान गर्न पालिका प्रतिबद्ध रहेको भन्दै उनले आवश्यक कुरामा समन्वय गर्ने धारणा राखेका थिए।
यसैगरी वडा नं ४ का वडा अध्यक्ष थापाले ज्येष्ठ नागरिकलाई सहजता होस् भनेर बिरामी अवस्थामा रहेका नागरिकका घरमा स्वास्थ्यकर्मी सहित भेटघाट कार्यक्रम अघि बढाइएको बताए।
यसैगरी सहकारी शाखा प्रमुख कर्णले सहकारीलाई व्यवस्थित र नियमानुसार चलाउन आग्रह गर्दै आवश्यक सहजीकरण गर्न शाखाले सहयोग गर्ने बताएकी थिइन।
ऋण समितिका संयोजक श्रि बाराकोटीले स्वागत गरेकाे कार्यक्रमको सञ्चालन सचिव अर्जुन गिरीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search