मोटरसाइकल दुर्घटनामा भद्रपुरका एक युवाको मृत्यु,अन्य दुई घाइते

भद्रपुर २५ ,असोज / मेची राजमार्ग अन्तर्गत चन्द्रगढी-चारआली सडक खण्डको हनुमान चोकमा गएराति भएको सडक दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनाबाट झापा ,भद्रपुर १० केन्द्रमोड निवासी त्रिलोक भण्डारीका २३ वर्षीय सुपुत्र आलोक भण्डारीको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
भण्डारी सवार मोटरसाइकलसँग राति लगभग ९ बजेको समयमा अर्को मोटरसाइकल ठोक्किएको थियो।दुवै मोटरसाइकलमा सवार युवा घाइते भएका थिए।
घटनामा अर्को मोटरसाइकलमा सवार घाइते एक जनाको बी एन्ड सी. विर्तामोडमा र एक जनाको स्थानीय पाथीभरा अस्पतालमा उपचार भइरहेको छ।घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search