हल्दीबारी गाउँपालिकाले किसानहरूलाई लागत साझेदारीमा तोरीको बिऊ बाढ्न सुरु गरेको छ । हल्दिबारी गाउँपालिकाका सबै वडाका किसानहरूबाट निवेदन माग गरि मागका आधारमा बिउ वितरण सुरू गरिएको पालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले बताए।
हल्दिबारीलाई तेलहन खेतीमा आत्मनिर्भर बनाउन ५०÷५० साझेदारी कार्यक्रम अन्तर्गत वडा वडाबाट विउ वितरण गर्न सुरु गरिएको हो ।
यसपटक हल्दिबारीमा ३२४० केजी तोरीको विउ ४५६ किसानलाई बाढ्न लागिएको कृषि शाखा प्रमुख छविलाल गुरुङ्गले जानकारी दिए । उनका अनुसार वडा नं १ मा ६०० के जी, वडा नं २ मा ८१० के जी,वडा नं ३ मा २४० के जी , वडा नं ४ मा १२०० के जी र वडा नं ५ मा ३०० के जी र यसैगरी शाखाबाट १०० के जी गरी वितरण गर्ने गरी जम्मा ३२४० के जी वितरण गरिने र सो बिउले ३ सय २४ बिगाहा क्षेत्रफल ढाकिने छ। १८५ प्रतिकेजी खरिद मुल्य रहेको बिउको ५० प्रतिशत कृषकबाट र ५० प्रतिशत गाउँपालिकाले गरी कुल ५ लाख ९९ सय हजार ४ सय रहेको शाखा प्रमुख गुरूङ्गले बताए।