बाह्रदशी -६ स्थित कञ्चनगढधाम साधुकुट्टि महायज्ञको आज भब्यताको साथ उद्द्घाटन

झापा बाह्रदशी

Advertisement

। बाह्रदशी जिल्लाकै पुरानो, ऐतिहासिक र पौराणिक महत्व बोकेको झापाको बाह्रदशी–६ कञ्चनगढधाम साधुकुटीमा सञ्चालित गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुलमा आयोजना भएको ‘श्रीमद देवीभागवत महापुराण धनधान्याचल बिराट ज्ञानमहायज्ञ’ को उद्घाटन आज बाट भएको छ ।

उत्त शुभकार्यको उद्धघाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए । उनले मन्तव्यको क्रममा आफ्ना गहकिलो कुराहरु राखेका थिए । उनले बाह्रदशी गाउँपालिकाका अध्यक्ष देवेन्द्र प्रसाद चम्लागांईलाई भने “राम्रो योजना बनाउनुहोस केही वर्षमा यो ठाँउलाई परिवर्तन गने जिम्मा हाम्रो भयो “।

उत्त समारोहमा बाह्रदशी गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधी, झापा जिल्लाका सम्पूर्ण गुरुकुलका प्रमुख गुरुसहित अन्य गुरुहरु, धार्मिक संघसंस्थाका प्रमुख, सामाजिक संघसंस्थाका पदाधिकारीहरु, चन्दादाता, सामाजिक अभियन्ता भजन किर्तन मण्डली, गुरुकुलका बटुक, धामीझाँक्री , विद्यार्थीलगायतको सहभागिता रहेको थियो। उद्द्घाटन कार्यक्रमको सुरुवात समारोहमा सोहि गुरुकुलका एक क्षात्र सहिल रिजालले स्वागत मन्तव्य राखेका थिए । उत्त कार्यक्रम पश्चात् सम्पुर्ण सरिक भएका भक्तजन तथा विभिन्न उपस्थित ब्याक्तित्व हरुले राष्ट्रगान गायेर कार्यक्रमको थालनी गरेका थिए ।

संस्थाको ३४ औं धार्मिक अनुष्ठान तथा गुरुकुलको १७ औं वार्षिकोत्सव अन्तर्गत बालाचतुर्दशीको अवसर पारेर आज मंसीर ८ गते देखि सुरु भएको पुराण मंसिर १६ गते सम्म हुनेछ ।

सम्राट अधिकारी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search