झापा।हल्दिबारी गाउँपालिका वडा नं २ ले वडाको वार्षिक सिलिङ बजेट बाट कृषकहरूलाई उन्नत जातको आलुको बिउ वितरण गरेको छ ।
निवेदन माग गरेर ४०९ जना कृषकलाई ६ केजी का दरले २ लाख १० हजार मुल्य बराबरको २६ किवन्टल बिउ वितरण गरेको वडा अध्यक्ष शुकलाल राजवंशीले बताए।
वडा ले प्रत्येक बर्ष कृषकहरूको माग अनुसार आलु ,गहुँ, तोरी लगायतको बिउ वितरण गर्दै आएको छ।
तोरी र गहुँको बिउ लागत साझेदारीमा र आलुको बिउ पुर्ण रूपमा अनुदानमा दिएको वडा सदस्य रचना कुलुङले बताइन।