ध्रुवतारा बहुउद्देश्य बिधुत उपभोक्ता समिति हल्दिबारीको छैठो साधारणसभा सम्पन्न

झापा।ध्रुवतारा बहुउद्देश्य बिधुत उपभोक्ता समितिको छैठो साधारणसभा आज सम्पन्न भएको छ ।समितिका अध्यक्ष भानुभक्त प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको प्रमुखको आतिथ्यता रहेको थियो।

Advertisement

 

साधारणसभालाई प्रमुख अतिथि लिङदेन , वडा नम्बर २ का अध्यक्ष शुकलाल राजवंशी , वडा नं ४ का अध्यक्ष शन्तकुमार थापा बिधुत महासंघका केन्द्रिय सदस्य धनकेशर बस्नेत ,जिल्ला अध्यक्ष चेतनाथ भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए।
संस्थाको वार्षिक प्रतिबेदन अध्यक्ष प्रसाईले प्रस्तुत गरेका थिए भने सामाजिक परिक्षण प्रतिबेदन संस्थाका कोषाध्यक्ष नवीन मैनालीले प्रस्तुत गरेका थिए।
नेपाल सरकार को ८०/२० प्रतिशत कार्यक्रम अन्तरगत २ करोड १७ लाख बराबरको काम गरिसकेको समितिमा जनसहभागिता ४३ लाख ६० हजार बराबर गरिएको प्रतिबेदन उल्लेख गरिएको छ ।
हल्दिबारी २,३,४ र ५ नम्बर वडामा आफ्नो सेवा बिस्तार गर्दै अध्यारोबाट उज्यालो हल्दिबारी बनाउन लागी रहेका संस्थामा १५४३ ग्राहक रहेको उल्लेख छ । जसमा ग्राहस्थ १२५०, साना सिचाइ २५३, ठुला सिचाइ ३१ र उधोग व्यवसाय ९ रहेका छ्न । त्यसैगरी १२ वटा ट्रास्फरमरबाट बिधुत सेवा दिदै आएको समेत जनाइएको छ।
त्यस्तै संस्थाले २६५ परिवारलाई इन्डक्सन चुलो बितरण गरेको छ भने ४० बिपन्न ग्राहक परिवारलाई मिटर देखी भान्सा घरसम्म वाइअरिङ्ग र पावर सकेट समेत जडान गरिएको अध्यक्ष प्रसाईंले आफ्नो प्रतिबेदनमा उल्लेख गरेका छन्।
संस्थाले यस आर्थिक बर्षमा ८० लाख २४ हजार ५०६.२८ पैसा आम्दानी गरेको छ भने ७९ लाख ७८ हजार ७१६.९० पैसा खर्च भएको आर्थिक प्रतिबेदनमा उल्लेख छ ।
छैठो साधारणसभामा स्वागत मन्तव्य संस्थाको उपाध्यक्ष धनकुमारी गुरुङले गर्नु भएको कार्यक्रमको सहजीकरण सचीव ओमराज राईले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search