झापा।
पवन गिरी।
हल्दिबारीमा लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियानको अवसरमा मावि स्तरिय छात्र तथा छात्राहरुलाई लैंगिक हिंसा बिरुद्दको सचेतना कार्यकम भव्यताका साथ सम्पन्न भएको छ ।
हल्दीबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा, विशेष अतिथि गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देन, कार्यपालिका सदस्यहरू , निम्ति प्रमुख प्रशासकिय अधिकृत राजन न्यौपाने, विभिन्न शाखाका कर्मचारीहरु, हल्दीबारी बाल संजालका प्रतिनिधिहरु तथा हल्दीबारी गाउँपालिका भित्रका मावि विद्यालयहरुको उपस्थिति रहेको थियो।।
कार्यक्रम पहिलो सत्रको प्रशिक्षण निमित प्रमुख प्रशासकिय अधिकृत राजन न्यौपानेले गरेका थिए भने दोस्रो सत्रको प्रशिक्षण महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापा मगरले गरेकी थिइन।
कार्यक्रममा बाल विवाह विषयमा तथा लैङ्गिक हिंसा भन्ने कुरालाई मुख्य रूपमा प्रशिक्षण गरिएको थियो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली ,कार्यपालिका सदस्य शान्ता शिवाकोटी लगायतले मन्तव्य राखेका थिए।
कार्यक्रममा विभिन्न विधालयका ७० हाराहारी विद्यार्थीको उपस्थिति रहेको थियो।